NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अनुमति बिना यार्सागुम्बा सङ्कलनकर्ता पाटनमा

दार्चुला । अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् । अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा सङ्कलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले पत्रचार गरे पनि अपी नाम्पा संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा पाइने क्षेत्रमा स्थानीयवासीलाई यार्सागुम्बा सङ्कलन गर्न नदिन कुनै पहल भएन । योतर्फ न जिल्ला प्रशासन कार्यालयले चासो राख्यो, न अपी नाम्पा संरक्षण र स्थानीय तहले नै । सङ्कलकहरू धमाधम यार्सा सङ्कलनका लागि लेक पुगिसकेका छन् । यार्सा गुम्बा सङ्कलनका लागि स्थानीयमात्र नभई बाहिर क्षेत्रबाट समेत लेकतिर लागेको भन्दै अपी हिमाल गाउँपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २८ गते यार्सागुम्बा सङ्कलनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार आग्रहसमेत गर्यो । ‘तीनवटै निकायबीच समन्वयकारी भूमिका हुन नसक्दा अहिले दार्चुलाका सबै लेकमा सङ्कलहरू यार्सागुम्बा सङ्कलन गर्न पुगेका छन्’, अपी हिमाल गाउँपालिका–१ का वडाअध्यक्ष धनसिंह जागरीले भने – ‘हामीले मात्रै सङ्कलनमा रोक लगाउन सकिने अवस्था रहेन । सुरक्षाकर्मीको उपस्थिति विना मानिस हामीले रोक्न सक्दैनौँ ।’ अहिले दिनहुँ कोरोना सङ्क्रमणबीच पनि सङ्कलनकर्ताहरूको लेक जानका लागि भीड नै लाग्ने गरेको छ । गाउँमा रुघाखोकी बिरामी ह्वात्तै छन्, तर सङ्कलनकर्ताहरू खुलेआम यार्सा सङ्कलनका लागि गइरहेका छन् । दार्चुलाको अधिकांश स्थानीय तहका स्थानीयवासीको आयस्रोतको मुख्यस्रोत पनि यार्सागुम्बा नै हो । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आग्रहअनुसार यार्सागुम्बा सङ्कलनका लागि अनुमति नदिएको बताए। हाम्रो मात्रै जनशक्तिले सङ्कलकनकर्तालाई रोक्न सकिने अवस्था रहेन । थोरै जनशक्ति छ । ‘हामीले अहिलेको महामारीमा नजानुस् भनेर हात मात्रै जोड्ने हो, प्रमुख संरक्षण अधिकृत पौडेलले भने, – ‘त्यो बाहेक पूरै रोक्न सकिने अवस्था छैन ।’

ताजा अपडेट

नेपालवाच विशेष