NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कैलालीमा निषेधाज्ञा थपियो, मलामी जान प्रशासनको पास लिनुपर्ने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाइ गर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको सिफासिसपछि कैलाली जिल्लामा निषेधाज्ञा थप कडा पारिन लागेको हो । अस्पताल आउने बिरामी र कुरुवा सँगै मृत्यु संस्कारमा जानेहरुले अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने व्यवस्था गरिएको छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य पसल/व्यवसायहरु बन्द रहने भएका छन् । त्यस्तै खाद्य सामग्री, तरकारी, फलफूल पसल/व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । कैलालीमा वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष