NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

रेटिङका आधारमा आइएमडिपीमा तामिल सिनेमा ‘सोरराइ पोत्रु’ तेस्रो नम्बरमा

सन २०२० मा आएको बायोग्राफिकल फिल्म सोरराइ पोत्रुले समिक्षकदेखि दर्शकमाझमा निकै चर्चा पाएको थियो । प्रदर्शनमा आएको एक वर्षपछि भने उक्त फिल्मको प्रसंशा उत्तिकै गरिन्छ । निर्माण पक्षलाई व्यवसायिक सँगै आलोचनात्मक रुपमा पनि फाइदा दिलाएको सिनेमाले अर्को उपलब्धी हासिल गरेको छ । सिनेमाको रेटिङ गरिने ‘आइएमडिपी’मा यस फिल्मलाई हालसम्मकै सबैभन्दा धेरै रेटिङ गरिनेमध्येको तेस्रो स्थान हात परेको छ ।आइएमडिपीको टप १ हजारको लिष्टमा सिनेमाले ९.१ रेटिङ हासिल गरेको छ । उक्त लिष्टमा पहिलो नम्बरमा द साशंक रिडेम्सन (९.३ रेटिङ) र दोस्रो नम्बरमा अमेरिकी क्राइम सिनेमा द गडफादर (९.२ रेटिङ) रहेको छ । प्रदर्शनपछि निरन्तर चर्चामा रहेको यस सिनेमाले यसअघि विभिन्न सिनेमहोत्सवमा पनि छनोटमा परेको थियो भने सांघाइ अन्तराष्ट्रिय सिनेमहोत्सवमा पानोरामा श्रेणीमा स्क्रिनिङ भएको थियो । यो सिननेमामा एक ग्रामिण क्षेत्रको मारा नामको व्यक्तिले आफ्नै एयरलाइन्स कम्पनी खोल्ने सपनालाई देखाइएको छ । आफ्नो सपना पछ्याउँदै जाँदा बाटोमा आइपरेका अफठ्याराहरु र त्यसलाई पार गर्दै सफलता हासिल गरेको कथा सिनेमामा प्रस्तुत गरिएको छ । सिनेमालाई सुधा कोन्गरा प्रसादले निर्देशन गरेका हुन् भने सुधा कोन्गराले लेखेकी हुन् । सिनेमा जि.आर गोपिनाथको पुस्तक ‘सिम्प्लि फ्लाइ’मा आधारित रहेको छ भने सिनेमामा गोपिनाथकै जीवनलाई देखाइएको छ ।