NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मुलुकभर बदली, यी क्षेत्रमा पानी पर्ने

आइतबार मुलुकका धेरैजसाे स्थानमा बदली भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान अधिकांश भूभागमा बदली हुनुका साथै सुदूरपश्चिम र कर्णालीका थोरै स्थान तथा अन्य प्रदेशमा वर्षा भएकाे छ। दिउँसो मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। आइतबार राति प्रदेश १, २ र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानमा ठूलाे पानी पर्नेछ। साेमबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष