NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आगामी एक हप्ता लकडाउन

अष्ट्रलियाको राज्य भिक्टोरिया कोरोना महामारीको दोस्रो लहर फैलिरहँदा संक्रमणलाई नियन्त्रणका लागि दोस्रो हप्ता पनि लकडाउन हुने भएको छ । उक्त राज्यका अधिकारीहरुका अनुसार हाल मेलब्रन शहरमा कोरोनाको द्य।ज्ञ।टज्ञठ।ज्ञ भेरियन्ट फैलिरहेको छ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलब्रनमा नयाँ भेरियन्ट फैलिरहँदा आगामी १० जुनसम्म लकडाउन गर्ने घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार बुधबार ६० जनामा संक्रमण देखिएको थियो । ‘अहिलेको अवस्थामा हामीले यस्तो सुचना नागरिकलाई सुनाउन चाहेका थिएनौं । तर, अवस्था यस्तै आएपछि लकडाउन गर्न बाध्य भएका छौं,’ भिक्टोरिया राज्यका कार्यकारी जेम्स मर्लिनोले बताए । उनले थप भने, ‘हामीले लकडाउन गरेनौं भने स्थिति नियन्त्रणबाट बाहिर जान्छ । यो नयाँ भेरियन्ट नियन्त्रण गर्न सक्ने अवस्थमा छैन् र मानिसको मृत्यु हुन्छ ।’ राज्य सरकारले लकडाउन गरेसँगै मेलब्रनमा आगामी सात दिनका लागि नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन बन्देज लगाइएको छ । मेलब्रन बाहेकका शहरमा भने हाल निषेधाज्ञा लगाइएको छैन् । यी क्षेत्रमा निश्चित व्यापार व्यवसायलाई सञ्चालन गर्न त्यहाँको सरकारले अनुमति दिएको छ ।