NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बोलाइएको बैठक आज अपरान्ह चार बजे बस्ने तय भएको थियो । तर, आजै माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेपछि त्यसमा उत्पन्न परिस्थिति हरेर आगामी बैठक बोलाइने छ । अहिले अर्को सूचना जारी नहुदासम्मका लागि बैठक स्थगित गरिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । हिजो बस्ने भनिएको बैठक पार्टी एकताका लागि दोस्रो तहका नेताबीच छलफल सुरु भएपछि स्थगित गरी आजलाई बोलाइएको थियो । यता माधव नेपालले केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले पार्टीले कारबाही गरिसकेका अनधिकृत व्यक्तिको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको छ ।