NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दिनहुँ पत्नीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कुटे

सुर्खेत । हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मी कुटेका छन् । दिनहुँ आफ्नी पत्नीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । राेकायाकी पत्नी काेराेना संक्रमित भएपछि हाेम आइसाेलेनसमा छिन् । हाेम आइसाेलेसनमा रहेकी पत्नीकाे उपचारका लागि दैनिक नआएकाे भन्दै राेकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका हुन् । उनले कुटपिट मात्रै हाेइन, स्वास्थ्यकर्मी बुढाकाे शरीरमा आगाे लगाउने प्रयाससमेत गरेकाे स्थानीयले बताएका छन् । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरीरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयले आरोप छ । स्थानीयका अनुसार उनलाई नजिकै रहेका अरु स्थानीयले रोकेका थिए । घटनाबारे जानकारी आएको र थप अनुसन्धान गरी आवश्यक कारबाहीको लागि प्रहरीलाई निर्देशन दिइसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उक्त घटनाबारे अहिले गाउँपालिकामा छलफल चलिरहेको छ । चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृत विष्णुबहादुर शाहीले भने, ‘कुटपिट गरेको भन्ने निवेदन आएको छ । हामी अहिले त्यहीको छलफलमा छौं । छलफलपछि थप कुरा भनौंला ।’ यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेको घटना बाहिरीएको थियो । सरकारले अध्यादेशमार्फत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई चार वर्षसम्म कैद सजाय हुने कानुन ल्याउने तयारी गरिरहेकाे छ ।