NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जसपा सरकारमा सहभागी भएसँगै यी मन्त्री बाहिरिए

काठमाडौँ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै ६ मन्त्रीको पद खोसिएको छ ।जसपा ८ वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र जसपा नेताबीच भएको छलफलमा जसपाले आठ मन्त्रालय पाउने गरि सहमति भएको हो । जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ । जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय प्रधानमन्त्रीसँग रहेको थियो । यस्तै रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सरकारबाट बाहिरिएका छन् । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन्। महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेको पद पनि खोसिएको छ ।मन्त्रीबाट हट्नेहरुमा सञ्चार मन्त्री पार्वत गुरुङ, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी र कृषि मन्त्री पद्मा अर्याल पनि रहेका छन् । उनीहरु पनि मन्त्रीबाट आउट भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।