NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विश्वकप छनोटमा ब्राजिलको जित

काठमाडौं । विश्वकप छनोट खेलमा ब्राजिलले जित निकालेको छ । नेपाली समय अनुसार शनिबार बिहान सकिएको खेलमा ब्राजिलले इक्वेडरविरुद्ध आफ्नै मैदानमा २- को जित निकालेको हो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पनि ब्राजिल दबाबमा आएका थियो । तर, दोस्रो हाफको ६५ औं मिनेटमा रिचार्लिसनले ब्राजिलका लागि गोल गरे । यही एकमात्र गोल निर्णायक रहने देखिंदै गर्दा ब्राजिलले ९४ औं मिनेटमा पेनाल्टी पायो । जसमा नेयमारले सहजै गोल गरे । जित हात पार्दै ब्राजिलले तीन अंक बटुलेको छ । ५ खेलमा सबै जित्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा १५ अंक जोडेर पहिलो स्थानमा छ । ५ खेलबाट ११ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । ९ अंक जोडेको इक्वडेर तेस्रो स्थानमा छ ।