NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठक आज शनिबार बस्दै छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारमा राजपालाई भित्र्याएर ब्यापक रुपमा मन्त्रिपरिषद् हेरफेर गरेकाे भाेलिपल्टै बैठक बस्न लागेकाे हाे। बैठक अपराह्न १ बजे बस्ने छ। नेपाल समूहकाे केन्द्रीय कमिटीकाे बैठक बिहीबार र शुक्रबा बसेकाे थियाे। भर्चुअल बैठकले अध्यक्ष ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो। नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्। ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित १२ जनालाई पार्टीकाे साधार सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नयाँ दल गठन हुने ठानिएकाे छ।