NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु

काठमाडौं । कोरोनाबाट सबैभन्दा बढी प्रभावित बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप पाँच जनाको मृत्यु भएको हो । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका–११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिका–४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर–१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका–१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।