NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सातवटा सर्त पालना गर्दै असार १ देखि वीरगञ्ज महानगरका विद्यालय सञ्चालन हुने

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको प्रभावले देशभरीकै विद्यालयहरु बन्द छन् । कहिलेदखि खुल्ने हुन् कुनै टुंगो छैन । तर, वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विद्यालयहरु असरा १ गतेदेखि खोल्ने निर्णय गरेको छ । असार १ गतेदेखि नै महानगरले कक्षा ८ देखि १२ सम्मको परीक्षा सञ्चालन गर्न लागेको छ । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै विद्यालय खोल्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यालय सञ्चालनका लागि पत्राचार गरिसकेको जानकारी दिए । तर, महानगरले विद्यालय सञ्चालनका लागि सातवटा सर्त राखेको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दूरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ । यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने र कुनै पनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।