NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मार्क जुकरबर्गमाथि भड्किए ट्रम्प, फेसबुक र इन्स्टामा दुई वर्षसम्म निलम्बन

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई वर्षका लागि फेसबुक अकाउन्ट बन्द गरिएकोप्रति कडा आलोचना गरेका छन् । उनले आफ्नो अकाउन्ट बन्द हुनुले लाखौं अमेरिकी नागरिकको अपमान भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘मेरो फेसबुक अकाउन्ट निलम्बित हुनु लाखौं अमेरिकी नागरिकको पनि अपनान हो । जससले गत चुनावमा मलाई भोट दिएका थिए’, उनले भनेका छन् । उनले फेसबुकको उक्त कदम एक प्रकारको सेन्सरशिप भएको बताएका छन् । ट्रम्पले सेभ अमेरिका पोलिटिकल एक्सन कमिटीसँग एक बयान दिँदै भनेका छन्, ‘फेसबुकको यो निर्णयले ती साढे सात करोड अमेरिकी जनताको अपमान हो । जसले मलाई भोट दिएका थिए । यसरी सेन्सर गरेर हाम्रो मुख बन्द गराउन सक्दैनन् । अवश्य पनि हामी जित्नेछौं ।’ बयानमा ट्रम्पले फेसकुबकका सिइओ मार्क जुकरबर्गको डिनर आमन्त्रणलाई अब स्वीकार नगर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘जब म अर्को पटक व्हाइट हाउसमा हुनेछु । त्यतिबेलो मार्क जुकरबर्ग र उनीकी पत्नीका लागि एक डिनरको आयोजना गरिनेछ ।’ ट्रम्पको अकाउन्ट किन ब्लग भयो ? यसअघि शुक्रबार फेसबुकले ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट दुई वर्षका लागि निलम्बन गरेको थियो । गत जनवरीमा फेसबुक र इन्स्टाको अकाउन्टमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको थियो । सामाजिक सञ्जाल कम्पनी फेसबुकले ट्रम्पमाथि यूएस क्यापिटलमा दंगा भड्काएको आरोप लगाएको थियो । तर, पछिल्लो महिना फेसबुकको निगरानी बोर्डको बैठक बसेको थियो । उक्त बैठकमा ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्धबारे कडा आलोचना भएको थियो । जनवरीमा यूएसको क्यापिटलमा भएको दंगापछि ट्रम्पले कैयौं पोस्ट गरेका थिए । जसमा फेसबुकले नियम उल्लंघन भएको आरोप लगाएको थियो । फेसबुकले भनेको छ, ‘अब नेताहरुको पोस्टहरुमा कुनै पनि सुरक्षा कवज प्रदान गरिने छैन । ट्रम्पमाथि लगाइएको प्रतिबन्ध २०२३ जनवरी सात सम्म रहेनछ ।’ अघिल्लो राष्ट्रपतिको चुनाव सन् २०२४ मा हुँदैछ । तर, त्यसअघि ट्रम्पले फेसबुक र इन्स्टामा कुनै पति गतिविधि राख्न नपाउने भएका छन् । ट्वीटरमा सँधैका लागि प्रतिबन्धित यसअघि ट्वीटरले गत जनवरीमा ट्रम्पको अकाउन्ट सँधैका लागि निलम्बन गरेको थियो । हिंसात्मक गतिविधिलाई बढावा दिएको भन्दै ट्वीटरले यस्तो निर्णय गरेको थियो । अमेरिकामा राष्ट्रपतिको चुनावी नतिजा आएपछि बाइडेनको शपथग्रहणअघि ठू्रलो मात्रामा हिंसा भएको थियो । ट्रम्प समर्थकको एक समूहले क्यापिटल हिलमा प्रवेश गरेर तोडफोड मच्चाएको थियो । चुनावी नतिजामाथि लगातार बदमासी गरिएको ट्रम्पको आरोप थियो । उनले क्यापिटल हिलमा हिंसा भड्काउनेलाई देशभक्त भएको पनि बताएका थिए । सामाजिक सञ्जालमा निकै सक्रिय रहने ट्रम्पका फलोअर्स पनि करोडौंको संख्यामा थिए ।