NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीले उपप्रधानमन्त्री बनाएका महतोप्रति किन आक्रोशित भए वामदेव गौतम ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जसपाका नेतासहितलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेदेखि नै विवाद सुरु हुन थालेको छ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीमा सपथ लिएका राजेन्द्र महतोको अभिव्यक्ति झनै विवादित बन्न पुगेको छ । उनले पदभार ग्रहण गरेलगत्तै विभिन्न संचारमाध्यममलाई प्रतिक्रिया दिंदै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने भनेर उनले दिएको अभिव्यक्तिको यतिखेर चौतर्फी आलोचना भएको छ । एमालेमा योगेश भट्टराईले उनको आलोचना गरेपछि नेता वामदेव गौतम पनि महतोको भनाईप्रति आक्राशित भएका छन् । सामाजिक संजालमा लेख्दैन गौतमले कुनै पनि नेपालीका लागि देश विखण्डन गर्ने कुरा स्वीकार्य नहुने उनको भनाई छ । संविधान विपरीत महतोले नेपाललाई बहुराष्ट्र बनाउने र बहुराज्य बनाउने गरी मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको भन्ने महताकोको भनाईप्रति गौतमले आपत्ति जनाएका हुन् । नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो’ गाैतले भनेका छन्, ‘यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’