NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वामदेवले भने, ‘राजेन्द्र महतोको वक्तव्य आपत्तिजनक छ, ओलीले अनिभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुनर्गठन भएको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका जसपा नेता राजेन्द्र महतोको वक्तव्य आपत्तिजनक रहेको बताएका छन् । एमालेभित्र सँधै तटस्थ रहेको दावी गर्दै आउने वामदेवले शपथपछि मन्त्री महतोले दिएको अभिव्यक्ति संविधान विपरित भएको बताएका छन् । शुक्रबार मन्त्रीको शपथपछि महतोले आफू अहिले पनि बहुम राष्ट्र र बहुमराज्यको आन्दोलनमा लागिरहेको बताएका थिए । उपाध्यक्ष गौतमले उक्त अभिव्यक्ति संविधान विपरीत भएको भन्दै संविधानमा नेपाल एक राज्य र एक राष्ट्रका रुपमा व्याख्या भएको स्पष्ट पारेका छन् । राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा जानकारी हुँदा हुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गर्नुले आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु’, उपाध्यक्ष गौतमले बताए । यस्तो छ वामदेव गौतमको धारणा नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।