NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बिजेपी पुनः रामको शरणमा !

काठमाडौं । हरेक सरकारले निर्वाचन नजिकिएसँगै भोट आकर्षण गर्नका लागि एउटा न एउटालाई विषयलाई आफ्नो चुनावी मुद्दा बनाउने गर्दछन् । जुन मुद्दा जनताको भावनासँग जोडिएको हुन्छ । यस्तोमा केही प्रोपोगाण्डाहरु पनि हुन्छन् । सरकारले समाजको भावनालाई क्याच गर्दै पूरा गर्न नसक्ने भए पनि त्यसलाई आफ्नो चुनावी मुद्दा बनाउँछन् । चाहे त्यस्ता मुद्दाले समाजमा हिंसा नै भड्काउने किन नहोस् । विश्वमै अहिले सबैभन्दा ठूलो मुद्दा धार्मिक विषय हो । चाहे अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले उडाएको मुस्लिममाथि प्रतिबन्धको विषय नै किन नहोस् । अझै दक्षिण एशियामा त यस्ता धार्मिक मुद्दाले निकै चर्चा पाउँछन् । मत आकर्षणका लागि भारतमा विषशगरी यस्ता धार्मिक मुद्दाहरु प्रभावकारी देखिन्छन् । भारतमा अहिले राज्यहरुमा चुनाव चलिरहेको छ । भर्खर अस्ति मात्रै पश्चिम बंगालमा चुनाव सम्पन्न भएको थियो । पश्चिम बंगालमा ममता वेनर्जीको बंगाली अस्मिताको मुद्दाअघि घुँडा टेकिसकेको बिजेपीले यूपीमा भने नयाँ मुद्दा उठाउने भएको छ । जनताको भावनासँग जोडिएको मुद्दालाई उठाएर बंगालमा भएको हारको हिसाब निकाल्ने दाउमा बिजेपी रहेको छ । यद्यपि भारतमा धार्मिक मुद्दाबारे नै बढी चर्चा हुने गरेको छ । अहिले बिजेपीले पनि त्यहाँको जनताको यही भावनात्मक सम्बन्धलाई क्याच गर्ने दाउ हेरेको छ । बिजेपी स्रोतका अनुसार बिजेपीले राम मन्दिरलाई केन्द्रमा राखेर चुनावी प्रचार गर्ने तयारी गरेको छ । बंगालमा ममताले बंगाली अस्मिताको मुद्दा उठाएपछि बिजेपीको हार भएको निष्कर्ष निकालिएको छ । अब भने उत्तर प्रदेशमा राम मन्दिरलाई केन्द्र राखेर चुनावी प्रचार गरिने र मानिसहरु पनि धार्मिक आस्थासँग जोडिएको मुद्दा उठाउँदा सहजै मतदानका लागि तयार हुने बिजेपीले आंकलन गरेको छ । बिजेपीका एक पूर्व प्रदेश अध्यक्षले भने, ‘पार्टी राष्ट्रवादसँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर यूपी चुनावमा सामेल हुनेछ । पार्टीको इच्छा पनि राम मन्दिरलाई नै केन्द्रमा राखेर चुनावी प्रचार गर्ने छ । किनकी राम मन्दिर बिजेपीको सबैभन्दा ठूलो उपलब्धी पनि हो । यूपीका जनतासँग यो भावनात्मक रुपले पनि जोडिएको छ ।’ उनले अघि भने, ‘तपाईं हेर्नुहोस् न । जसरी बंगाल निर्वाचनमा बंगाली अस्मिताको मुद्दाले प्रसय पायो । त्यसमा ममतालाई निर्वाचन जित्न निकै सहयोग पनि पुग्यो । यस्ता मुद्दाहरु सँधै उपयोगी हुन्छन्, जो जनताको भावनासँग जोडिएका हुन्छन् ।’ भाजपा सुत्रअनुसार चुनावी अभियान दुई चरणमा राखिएको छ । केही समयअघि महामारीलाईं लिएर पार्टीले चलाएको लोकल्याणकारी कार्यक्रममा फोकस गरिनेछ । जब चुनाव नजिक आउनेछ, त्यसपछि हिन्दुत्ववादी छविसँग जोडिएका मुद्दा उठाइनेछ ।