NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चर्चित टेलिभिजन अभिनेता पर्ल वी पूरी गिरफ्तार, नाबालिका बलात्कार आरोप

काठमाडौं । टेलिभिजन उद्योगका चर्चित अभिनेता पर्ल वी पूरीलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका बलात्कार आरोपमा प्रहरीले हिजो मध्यरात उनलाई हिरासतमा लिइएको हो । टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको वालवि प्रहरीले नागिन–३ फेमका अभिनेता पर्ल वी पूरीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ । नाबालिकाका आफन्तको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । अहिले उनीसँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । हालै पक्राउ परे पनि मुद्दा भने केही पुरानो हो । नाबालिकाले आफ्नो बयानमा भनेकी छन्, ‘टेलिभिजनमा एक रोल दिलाउने प्रलोभनमा बलात्कार गर्दै आएका थिए ।’