NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘मन्त्रिमण्डल पुनर्गठन अतिवादीहरुको हाँस्यास्पद मिलन’

काठमाडौं । कांग्रेस नेता गुरुराज घिमिरेले मन्त्रिमण्डल पुनर्गठनलाई अतिवादीहरुको हाँस्यास्पद मिलन भएको बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन भएको बताएका हुन् । ‘मन्त्रिमण्डलको पुनर्गठन वर्तमान सत्ताको अन्त्येष्टिका लागि थपिएको मलामीको बगाल मात्र हो। पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन हो।संविधानलाई कोमामा पुर्याएर, संसद मासेर,राजनीतिक प्रणालीको वद्नाम गराएर अन्तिम सास फेरिरहेको अवैध सत्ता यस मन्त्रिपरिषद पुनर्गठनको एन्टिबायोटिकले जोगिने छैन।’ घिमिरेले फेसबुकमा लेखेका छन् ।