NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रेडक्रसद्वारा सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिमले प्रदेशका सबै जिल्लामा कोभिड – १९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले ९ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष केशवदत्त पन्तले जानकारी दिए । उनका अनुसार आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण गरिएको छ । प्रदेशमा जम्मा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री(पिपिई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, चार लाख वटा मेडिकल मास्क, दश हजार पिस एन ९५ मास्क, र १०० पिस डेडबडि कभर वितरण गरिएको बताइएको छ ।