NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

डोटीमा रगत संकलन अभियान शुरु

डोटी । बिरामीका लागि रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत संकलन अभियान शुरु गरिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस् वा कोही बिरामी पर्दा होस् रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली कांग्रेसले रगत संकलन अभियान सुरुआत गरेको हो । रगतको आवश्यकता पर्दा सेना, प्रहरी तथा स्थानीयवासीमा भर पर्नुपर्ने अवस्था सृजना भएपछि निर्वाचन क्षेत्र नं ‘क’ डोटीको समूहले रगत संकलन अभियानको सुरुआत गरेको नगर सभापति विजय खड्काले जानकारी दिए । शुक्रबारबाट शुरु गरिएको उक्त अभियानमा आजसम्म १२ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जनाएको छ । जिल्लामा रगत अभाव हुन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उद्देश्यले उक्त अभियानको सुरुआत गरेको जिल्ला सभापति प्रदीवकुमार देउवाले बताए ।