NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

भक्तपुर । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक शिक्षकसहित दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । घरैमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको बताइएको छ । त्यस्तै ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले मुखियालाई पनि पक्राउ गरेको हो ।