NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मिर्चैयामा अज्ञात समूहद्वारा गोली प्रहार, एक घाईते

जनकपुरधाम । अज्ञात समूहले सिरहाको मिर्चैया नगरपालिकामा एक जनामाथि गोली प्रहार गरेको छ । मिर्चैया नगरपालिका ५ का ४२ वर्षिय रामसागर साफीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । अज्ञात समूहले शनिबार साँझ ८ बजेतिर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली साफीको हातमा लागेको छ भने अर्को एक गोली तिघ्रामा लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए । गोली लागेर घाईते साफीको मिर्चैयामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । मिर्चैया बजारमै गोली प्रहार गरेको घटनामा संलग्न समूहको खोजीकार्य भईरहेको डिएसपी श्रेष्ठले बताए । गोली प्रहारको कारण खुल्न सकेको छैन् ।