NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जापानको जन्मदर २०२० मै सर्वाधिक कम, सन्तान जन्माउन सरकारको अनुरोध

गत वर्ष जापानमा जन्म भएका बच्चाहरुको संख्या इतिहासकै सबैभन्दा कम भएको छ । शुक्रबार जापानको स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा गत वर्ष इतिहासमै सर्वाधिक कम जन्मदर देखिएको जनाएको छ । मन्त्रालयले जन्मदर कम भएकाले विवाह गर्न सन्तान जन्माउन समेत अनुरोध गरेको छ । जापानमा सन् २०२० मा ८ लाख ४० हजार ८ सय ३२ जनाको जन्म भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशत कम हो । मन्त्रालयले सन् १८९९ यता अभिलेखिकरण गरिएका जन्मदरहरुमध्येमा यो सबैभन्दा कम रहेको बताएको छ । कोरोना महामारीबीच सबै जना घरमा भएका कारण विश्वका अधिकांश क्षेत्रमा जन्मदर बढेको थियो । संयुक्त राज्य अमेरिकामा समेत महामारीबीच नै जन्म दर बढेको तथ्यांकले देखाएको थियो । तर, जापानमा भने यो अवधीमा पनि जन्मदर घटेको छ । मन्त्रालयले बताएअनुसार सन् २०२० मा जापानमा दर्ता भएका विवाहको १२.३ प्रतिशतले घटेर ५ लाख २५ हजार ४९० मा सिमित भएको छ । अर्कातिर, प्रजजन दर पनि हाल १.३४ रहेको छ, जुन विश्वकै सबैभन्दा कम प्रजनन दरमध्येमा पर्छ । जापान विगत केही वर्षयता जनसंख्यिकीय संंकट बडिरहेको छ । जन्मदर निरन्तर घट्नु र देशको जनसंख्यामा बृद्धहरुको संख्या बढ्नुले जापानमा सक्रिय जनसंख्याको संकट निम्याइरहेको छ । जनशक्ति अभाव भोग्नुपर्ने चिन्ताबीच रहेको जापानको जनसंख्या सन् २०१८ मा १२ करोड थियो, जुन सन् २०२० मा घटेर ८ करोड ८० लाखमा आइपुगेको छ । जापनको स्वास्थ्य मन्त्रालयका अनुसार हाल जापान ‘सुपर एज्ड’ देशमा परिणत भइसकेको छ, जहाँ देशको कुल जनसंख्याको २० प्रतिशतभन्दा बढि मानिस ६५ वर्षभन्दा माथि छन् ।