NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कोभिडविरुद्धको लडाईंमा भारतलाई क्यानडाबाट ५ करोडभन्दा धेरै सहयोग

भारतसँग सरोकार राख्ने क्यानडाका व्यापारिक संस्थाहरुले कोभिडविरुद्धकमो लडाईंमा सघाउनमा करिब ५ करोड ९० लाख क्यानडियन डलर (३ सय ५४ भारतीय रुपैयाँ) बराबरको सहयोग गरेको छ । दोस्रो लहरका कारण तहसनहसको स्थितिमा पुगेको भारतमा क्यानडाका व्यापारिक संघसंस्थाहरुले हालसम्म यो संख्यामा सहयोग गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । शुक्रबार जारी गरिएको सुचनामा क्यानडा–भारत व्यापारिक परिषदका अनुसार आर्थिक सहयोगदेखि स्वास्थ्य सामग्रीमा भएको सहयोगमा हालसम्म भारतलाई ५ करोड ८२ लाख २१ हजार १५० क्यानडियन डलर बराबरको सहयोग गरेको छ ।