NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भिडियो कन्फ्रेन्समै सांसद नग्न देखिएपछि

सोच्नुस त, जनताको भोटले चुनिएर नीति निर्माणको पदमा पुगेका सांसदले कुनै भिडियो कन्फ्रेन्समा नग्न देखिएमा कस्तो होला? हो, यस्तै घट्ना क्यानडाका एक सांसदले घटाएका छन् । यो घट्ना गत अप्रिलमा घटेको हो । सांसदहरुको भर्चुअल मिडिङमा क्यानडाको क्विबेक जिल्लाको प्रतिनिधित्व गरेका सांसद नांगै देखिएका थिए । कोरोना महामारकिा कारण सांसदहरुको बैठक घरबाटै भइरहेको थियो । यसैबीच विलियम अमोस भने नाँगै देखिए । उक्त भिडियो कन्फ्रेन्समा रहेका पत्रकारहरुमध्ये क्यानडियन प्रेसले अमोस नांगै आएको स्क्रिनसट लिन भ्याएको थियो । जसमा देखिएअनुसार उनले क्यानडाको झण्डा रहेको डेस्कमा नांगै रहेका थिए । हात चलाइरहेको उनको मोबाइल फोनले उनका प्राइभेट अंग छोपिएको थियो । उक्त घट्नापछि आमोसले भने माफि मागे । आफू कपडा फेरिरहँदा भिडियो अन रहेको भन्दै उनले माफि मागेर उनले ट्विट गरेका थिए । उनले लेखेका छन्, ‘मैले नजान्दै मेरो भिडियो अन भएछ । त्यत्तिबेला म बिहानको जगिङबाट फर्किएर कपडा फेर्दै थिए । त्यसले यस्तो घट्ना घट्यो । यसको लागि म माफि माग्छु ।’