NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

राजेन्द्र महतोको अभिव्यक्तिप्रति गोकुल बास्कोटाको बिमतीः बुझाइमा भ्रम, ज्ञान र दृष्टिकोणको समस्या हो

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले राजेन्द्र महतोले ‘बहुल राज्य’ बारे दिएको अभिव्यक्तिमाथि बिमती राख्दै यस्तो भन्नु राज्यको उत्पत्ति, विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या भएको बताएका छन् । सरकारमा जसपाको सहभागितापछि उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले विगतमा समेत राख्दै आएको ‘बहुल राज्य’ बारेको अभिव्यक्ति फेरि दोहोर्याएका थिए । यसैमाथि टिप्पणी गर्दै बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल बहुभाषीक, बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो।कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन ।’