NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

७ वर्षे बालकले एक घण्टा पौडिएर बचाए बुबा र बहिनीलाई

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको सबैभन्दा लामो नदी सेन्ट जोन्समा ७ वर्षे बालकले एक घण्टा पौडि खेलेर आफ्नो बुबा र बहिनीलाई बचाएका छन् । नदिको तिव्र करेन्टबीच ७ वर्षिय चेसले आफ्नो बहिनीर बुबालाई बचाएका छन् । आफ्नी ४ वर्षिया छोरी अबिगल र ७ वर्षिया छोरा चेससँग नदि किनारमा माछा मार्न गएका स्टेभेन पाउस्टसँग यो घट्ना घटेको हो । ज्याक्सनभिलमा माछा मार्न गएका उनीहरुले नदिमा जानलाई डुंगा भाडामा लिएका थिए । माछा मार्न नदिमा छिरेपछि पाउस्टका दुई सन्तान डुंगाकै छेउमा पौडिन थाले । तर, नदिमा तिव्र गतिमा पानी बहिरहेकाले दुई सन्तानलाई अलग अलग बनाइदियो । उनकी छोरी डुंगामा झुन्डिरहेकी थिइन् । तर, पानीको बहावले उनलाई त्यहाँबाट अलग बनाइदियो । यो देखेपछि सात वर्षिया चेस आफ्नी बहिनीलाई बचाउनतर्फ लागे । तर, त्यहाँ उनीहरु दुवै जना समस्यामा देखिए । त्यसपछि बुबा पोउस्ट छोराछोरीलाई बचाउन डुंगाबाट नदिमा हाम फालेका थिए । छोराले लाइफ ज्याकेट नलगाएले उसलाई छोरालाई किनरतर्फ जान निर्देशन दिदैं छोरालाई धेरै माया गर्ने र ‘अब के हुने हो थाहा छैन’ भनेको बताएका छन् । आफू छोरीलाई बचाउन प्रयास गर्दा गर्दै पनि नदिको बहावले उनलाई रोकिरहेको थियो । यसबीच चेसले भने पानीको बहावसँगै पौडिएर भिडिरहेका थिए । एकातिर बहिनी र बुबालाई पानीको तिव्र बहावले बगाएर निकै तल पुर्याएको थियो भने चेस आफू एक घण्टासम्म पौडिएर किनारमा आइपुगेका थिए । जसो तसो किनारमा आइपुगेका उनले ज्याक्सनभिलको उद्धार टोलीलाई बोलाएर बुबा र बहिनीलाई बचाउन भनेका थिए । उक्त उद्धार टोलीका अनुसार चेसका बुबा पाउस्ट र बहिनी अबिगेललाई नदिले बगाएर एक माइल पर्याएको थियो । चेस र उनका बुबासँग गरिएको अन्तर्वातामा उनका बुबाले बताएअनुसार चेसले विभिन्न शैलीमा पौडिएर किनारमा पुगि उद्धार टोलीलाई बोलाएका थिए । तर, यसबारेमा सोध्दा चेसले भने आफूले ‘कसरी त्यो शैलीमा पौडिन सके’ं भन्ने बारेमा थाहा नभएको बताएका छन् । उक्त उद्धार टोलीका प्रवक्ता एसिक प्रोसस्विमरका अनुसार चेसले नदिको त्यस्तो तिव्र घारमा कसरी पौडिएर किनारसम्म आइपुगेभन्ने कुरा निकै अश्चर्यजनक छ । उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘चेसको धैर्यता र आँटले नै उनका बुबा र बहिनीलाई हामीले जोगाउन सक्यौं । अहिले उहाँहरु सुरक्षित र स्वस्थ्य हुनुहुन्छ । तर, यस्तो तिव्र धारमा बगेको नदिमा चेस कसरी पौडिन सके भन्ने कुरा अच्चम लाग्दो छ ।’