NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ओलीद्वारा माधव नेपालसहितका नेताहरूलाई गरिएको कारवाही फिर्ता, पार्टीका सबै संगठनलाई २०७५ जेठ ३ अघि फर्काउने घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहितका सबै नेताहरुलाई गरिएको कारवाही फिर्ता लिएको घोषणा गरेका छन् । पार्टी एकताका लागि अपील जारी गर्दै अध्यक्ष ओलीले पार्टीका सबै संरचनालाई २०७५ जेठ ३ गते अगाडिको अवस्थाबाट सुरु गर्ने भन्दै सबै नेतामाथिको कारवाही फुकुवा भएको घोषणा गरेका छन् । यस बीचमा भएका कुनै पनि नेताहरुको गतिविधिलाई लिएर कुनै कारवाही नगरिने उनले प्रष्ट्याएका छन् । तर, आफ्ना पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरलाई फिर्ता लिनुपर्ने शर्त ओलीको छ ।