NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राउटे युवतीलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी

सुर्खेत । लोपउन्मुख राउटे समुदायकी युवतीलाई यौन दुरव्र्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दर्ता भएको छ । युवतीलाई मदिरा खुवाएर होटलमा लगेर यौन दुरव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भए पछि प्रहरीले आईतबार तिन जनालाई पक्राउ गरेको थियो । १९ र २३ वर्षकी ती राउटे युवतीहरूलाई यौन दुरव्र्यवहार गरेको अरोपमा गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनका विरुद्ध मानव जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको र थप अनुसन्धान भइरहेको बताएका छन् । उनले पक्राउ परेका तिनै जनाले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले जानकारी दिएको छ । राउटे समुदाय संग सम्बन्धीतहरुबाट उजुरी परेको डिएसपी घर्तिले जनाए ।