NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ। उनले विश्वासको मत प्राप्त गरेका हुन् । मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन् । मट्टको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् । उनको विपक्षमा भने ९ मत खसेका थिए। विश्वासको मत लिने क्रममा मुख्यमन्त्री भट्टले ५१ मध्ये ३० मत पाएका हुन्। प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक थियो । एमालेका २४ मध्ये १७ जनाले समेत भट्टलाई मत दिएका हुन् । कांग्रेसका १२ जना सांसदले भने मत हालेनन् ।