NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रदेश १ को सदनमा मुख्यमन्त्री र पूर्वमन्त्रीबीच चर्काचर्की, बजेटमा असन्तुलन गराएको आरोप

काठमाडौं । चालू आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश १ को सदनमा मुख्यमन्त्री र पूर्व आर्थिक मामिला मन्त्रीबीच आरोपप्रत्यारो सुरु भएको छ । मुख्यमन्त्री शेरधन राई र पूर्व आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोबीच बजेटलाई लिएर आरोपप्रतयारोप चलेको हो । सोमबार देखि सुरु भएको बैठकमा मुख्यमन्त्री राईले पूर्वमन्त्री आङ्बोकै कारण बजेट असन्तुलित भएको आरोप लगाएका थिए । मंगलबार विशेष समयमा बोल्दै पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता आङ्बोले बजेटको असन्तुलन मुख्यमन्त्रीकै कारणले भएको बताएका हुन् । ‘बजेट जस्तो कुरा सरकारको प्रमुखलाई थाहा नभई हुन्छ ? बजेट मन्त्रिपरिषद्बाट पास हुन्छ, बजेटको मूल पक्षबारे मन्त्रिपरिषदमा ब्रिफिङ हुन्छ,’ उनले भने, ‘मलाई केही थाहा छैन भन्ने, ढुङ्गोको हो कि मूर्तिको हो मान्छे रु यस्ता गैरजिम्मेवार कुरा गर्न हुँदैन । नैतिक रुपमा जिम्मा लिनुपर्छ ।’ उनले आफू विभागीय मन्त्री भएकाले जिम्मेवारी लिन तयार रहेको बताए । १८ अर्बको स्रोत सुनिश्चित गर्न सकिँदैन भन्दा विभागीय मन्त्रीलाई जानकारी नदिई बजेट बनाउने सहसचिवको सरुवा भएको बताउँदै उनले मुख्यमन्त्रीका कारण बजेटमा असन्तुलन आएको बताए । आन्तरिक मामिला मन्त्रालयले केही बजेट घटाए पनि बजेट घटाउन मुख्यमन्त्री नेतृत्वको मन्त्रालय तयार नभएपछि ऋणसहितको बजेट ल्याएको उनले बताए । सोमबार सम्बोधनका क्रममा पूर्वमन्त्री आङ्बोमाथि खनिएका मुख्यमन्त्री राईले आङ्बोका कारण बजेटमा असन्तुलन आएको आरोप लगाएका थिए । ‘हामीले भन्यौं, ६ अर्ब अघिल्लो वर्षको बचत हुन्छ । तर ६ अर्ब सञ्चित होइन, उल्टै ४ अर्बभन्दा बढी अघिल्लो वर्षको भुक्तानी गर्नुपर्ने मन्त्रालयबाट फाइल आयो, अनि हामीले अध्ययन गर्यौं,’ मुख्यमन्त्री राईले भने, ‘६ अर्ब बचत होइन, ४ अर्ब दायित्व भुक्तानी गर्नुपर्‍यो ‘ हामी यहाँनेर फेल खायौं ।’ बजेटमा उल्लेख गरिएको पाँच अर्ब ऋण पनि नआउने भएपछि रातो किताबमा उल्लेख गरिएको बजेट कटौती गर्नुपरेको उनले बताएका थिए ।