NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मन्त्रालय टुक्राउने मन्त्रिपरिषद्को निर्णय

जनकपुरधाम । कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएको छ । मंगलबार साँझ बसेको मन्त्रिरिषदको बैठकले मन्त्रालय टुंग्याउने निर्णय गरेको हो । पार्टीको आन्तरिक द्धन्द्धपछि आफ्नै मन्त्रीलाई बर्खास्त गरेका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रको साथमा सरकार पुर्नगठनको तयारी गरेका छन् । तीनै दललाई सरकारमा सहभागी गराउन साविकका मन्त्रालय टुक्राउने निर्णय गरेको छ । मन्त्रिपरिषदले भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएको समाजिक विकास मन्त्री नवल किशोर साहले जानकारी दिए । मन्त्रालय टुक्राएर पनि कुन कुन मन्त्रालय नेपाली काँग्रेस र माओवादी केन्द्रले लिने भन्ने विषय टुंगो लागेको छैन् । माओवादी केन्द्रवाट सरकारमा सहभागी हुन सांसद भरत प्रसाद साहलाई जिम्मेवारी दिएको छ । सांसद साहले नेपालवाचसँग भने,‘सरकारमा सहभागीता जनाउने सैद्धान्तिक सहमति बनेको छ ।