NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रदेश २ र बागमतीकाे नीति तथा कार्यक्रम आज

प्रदेश २ र बागमती सरकारले आगामी आव २०७८/८९ काे नीति तथा कार्यक्रम आज बिहीबार ल्याउँदैछन्। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार यी प्रदेशले निकै ढिलाेगरी नीति तथा कार्यक्रम ल्याउन लागेका हुन्। प्रदेश २ मा दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशप्रमुख राजेश झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिँदा आआफ्नो संस्कृति झल्कने पहिरनमा उपस्थित हुन सभामुखले सांसदहरूलाई आग्रह गरेका छन्। बागमतीमा पनि बिहीबार दिउँसो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । तर, प्रतिपक्षी दलहरू भने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित गर्न नदिने रणनीति बनाउन जुटेका छन्। अहिले बागमतीमा अल्पमतको सरकार भएको दाबी गर्दै यस्तो सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए।

ताजा अपडेट

नेपालवाच विशेष