NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

गण्डकीमा संसद् बचाउने जिम्मा दीपक मनाङेलाई, यस्तो छ रोचक अंकगणित

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिंदै गर्दा समीकरण भने निक्कै रोचक बनेको छ । ६० सांसद रहेको प्रदेशसभामा गुरुङलाई विश्वासको मत लिन ३१ मत आवश्यक पर्छ । तर, उनी ३१ मतको निकट छैनन् । अहिलेसम्मको अवस्थामा विपक्षी गठबन्धनलाई पनि बहुमत पुग्ने देखिएको छैन । तर, सरकारमै खेलकुद मन्त्री रहेका दीपक मनाङेले भोट हाले विपक्षी गठबन्धनले सरकार गठन गर्ने अवसर पाउनेछ । अन्यथा केन्द्रमा जस्तै प्रदेशमा पनि मध्यावधि निर्वाचनको घोषणा हुनेछ । बिहीबार मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत लिंदै गर्दा ६० मध्ये एमालेका २७ सांसद उनकाे पक्षमा छन् । उनलाई विश्वासको मत लिन थप चार मत आवश्यक पर्छ । जनमोर्चाका एक सांसदले साथ दिए पनि उनको पक्षमा २८ हुन्छ । तर कृष्ण थापा तटस्ठ बस्ने बताउँदै अाएका छन् । यस अघि गुरुङलाई साथ दिएका दीपक मनाङेले साथ दिए उनको भोट संख्या २९ हुन पुग्छ । मुख्यमन्त्रीले २९ भोट प्राप्त गरे विपक्षीले पनि बहुमत पुर्याउन नसक्ने देखिएको छ । कांग्रेसको १५, माओवादीको सभामुखबाहेक भोट हाल्न पाउने ११ गरी २६ मत हुन्छ । यसमा जसपाको दुई, जनमोर्चाको २ मत थपिंदा ३० भोट हुन्छ । तर, बहुमतका लागि ३१ भोट अनिवार्य हुन्छ । यस्तोमा मनाङे निर्णायक देखिएका हुन् । संसद विघटन हुने अवस्था आएमा जता बहुमत पुग्छ उसलाई आफ्नो मत दिने उनले बताउँदै आएका छन् । आफू निकटका नेता कार्यकर्ता मात्रै होइन मुख्यमन्त्री र विपक्षी गठबन्धनलाईसमेत उनले यो सन्देश पुर्याइसकेका छन् । मनाङे मुख्यमन्त्रीले बुधबार डाकेको मन्त्रिपरिषद्को बैठकमासमेत सहभागी भएनन् । संसद विघटन हुन दिनुभन्दा आफू मन्त्री भए पनि ३० मत लिएर आउनेलाई आफ्नो एक भोट दिएर बहुमत पुर्याइदिने उनले बताएका छन् । मनाङेसँगै अर्का निर्णायक देखिएका सांसदमा एमालेका इन्द्रलाल सापकोटा पनि हुन् । तर उनले वाम पार्टीलाई नछोड्ने संकेत गरिसकेका छन् । यद्यपी कर्णाली र सुदुरपश्चिममा माधव नेपाल समूहले केपी ओली गठबन्धनलाई सहयोग गरेपछि नेपाल पक्षका सापकोटा पनि अन्तिम अवस्थामा विपक्षीतिरै उभिन सक्ने आँकलन गरिएको छ । संसद विघटन हुने अवस्था देखिए जाेगाउन भए पनि भाेट क्रस गर्ने उनकाे तयारी छ । यस अघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने हुने तयारी थियो । तर जनमोर्चाका एक सांसद र स्वतन्त्रका मनाङे अनुपस्थित हुन पुगे । आफ्ना सांसद गायव पारिएको निवेदन जनमोर्चाले दिएपछि सभामुखले बैठक नै स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट नै मनाङे युवा तथा खेलकुद मन्त्री बनाइएका थिए । फेरि २७ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची भए पनि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएका दिए ।त्यसपछि प्रदेश प्रमुखले दिएको समयसीमामा विपक्षलेसमेत बहुमत जुटाउन नसकेपछि ठूलो दलका रुपमा एमालेको पृथ्वीसुब्बा गुरुङले नै सरकार गठन गरेका थिए । एक महिनाभित्र विश्वासको मत लिने प्रावधान अनुरुप उनले आज विश्वासको मत लिन लागेका हुन् । उनले पनि विश्वासको मत लिन नसक्ने र विपक्षीले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आए गण्डकी प्रदेशमा संसद् विघटन भएर मध्यावधि निर्वाचनको मिति घोषणा हुनेछ । यस्तो छ अंकगणित बहुमतका लागि अावश्यक ३१ मत एमाले २७ कांग्रेस १५माओवादी ११जनमोर्चा ३जसपा २सभामुख १स्वतन्त्र १

ताजा अपडेट

नेपालवाच विशेष