NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

वर्षकै पहिलो खण्डग्रास सूर्य ग्रहण आज, पाँच घण्टा लामो ग्रहण नेपालको कुनै पनि क्षेत्रबाट नदेखिने

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । उत्तर अमेरिका, यूरोप र एशियामा सूर्य ग्रहण देख्न सकिने छ । नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । करिब १४८ वर्षपछि शनि जयन्तीको संयोग पनि बनेको छ । यसअघि शनि जयन्तीमा सूर्य ग्रहण सन् १८७३ मे २६ मा भएको थियो । नेपाली समय अनुसार आज दिउँसो १ बजेर ५७ मिनेटदेखि बेलुका ६ बजेर ५६ मिनेसम्म सूर्य ग्रहण लाग्नेछ । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो । नेपालको कुनै पनि क्षेत्रबाट यो ग्रहण देखिने छैन । तर, भारतको भने लद्दाखलगायतका क्षेत्रमा देखिनेछ । एसियामा यसको कूल अवधि पाँच घण्टा हुनेछ । सूर्य ग्रहणको सूतक ग्रहणको १२ घण्टाअघिदेखि सुरु हुन्छ । शास्त्रअनुसार जहाँ ग्रहण देखिन्छ, त्यहाँ सूतक मानिन्छ । सूतकका बेला कुनै पनि शुभकाम गर्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहण अवधिमा खाना खानु पनि राम्रो मानिदैन । यहाँसम्म कि सूतकका समयमा मन्दिरमा पूजा पनि बन्ध गरिन्छ । तर, बालबालिका, सुत्केरी महिला, बिरामी र बृद्धबृद्धाले भने खाना बार्नुनपर्ने शास्त्रमा बताइएको छ । सूर्य ग्रहण के हो ? जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ तब, सूर्य ग्रहण लाग्ने गर्दछ । यसबेला सूर्यबाट आउने प्रकाश चन्द्रमाको बीचमा आउने भएका कारण पृथ्वीसम्म पुग्न पाउँदैन र पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने गर्दछ । वास्तवमा सूर्यको आसपास पृथ्वीले चक्कर लगाउने गर्छ भने पृथ्वीको चक्कर चन्द्रमाले । यसै कारण यी तीनै पिण्ड कुनै न कुनै समय एक अर्काको सिधा रेखामा आउने गर्दछन् । सिधा रेखामा पर्दा बीचमा चन्द्रमा आउने गर्दछ । सूर्यबाट आउने प्रकाश चन्द्रमाले छेक्छ र यसैलाई सूर्य ग्रहण भनिन्छ । एशियामा आंशिक रुपमा देखिने उत्तरी अमेरिका, यूरोप र एशिसामा यो सूर्य ग्रहण आंशिक रुपमा देखा पर्नेछ । तर, उत्तरी क्यानडा, ग्रिनल्याण्ड र रुसमा भने पूर्ण रुपमा देखा पर्नेछ । जब सूर्य ग्रहण उच्च बिन्दुमा पुग्नेछ तब, ग्रिनल्याण्डका मानिसले रिङ अफ फायर पनि देख्न सक्नेछन् । रिङ अफ फायर के हो ? चन्द्रमा पृथ्वीको क्षेत्रमा अण्डाकार कक्षमा चक्कर लगाउने ष्र्दछ । यसैकारण चन्द्रमाको दूरी पृथ्वीसँग प्राय घटबड हुने गर्दछ । जब चन्द्रमा पृथ्वीबाट सबैभन्दा टाढा हुन्छ, त्यसलाई एपोजी भनिन्छ । सबै भन्दा नजिक भएको अवस्थालाई पेरिजी भनिन्छ । चन्द्रमा पृथ्वीको नजिक हुँदा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउने गर्दछ । यसैबेला चन्द्रमा पूर्ण तरिकाले पृत्वीमा आफ्नो छाँया पार्दछ । यसकारण सूर्यबाट आउने प्रकाश छेकिन्छ । यस खगोलिय घटनालाई नै पूर्ण सूर्यग्रहण भनिन्छ । एक वर्षमा कति सूर्यग्रहण हुनसक्छन् ? प्राय वर्षमा दुई पटकसम्म सूर्य ग्रहण लाग्ने गर्दछ । यो संख्या धेरैमा पाँच पटकसम्म पुग्न सक्छ । नासाका अनुसार पछिल्लो पाँच हजार वर्षमा २५ वर्ष मात्रै यस्ता वर्ष हुन्, जहाँ वर्षमा पाँच पटकसम्म सूर्य ग्रहण लागेको थियो । अन्तिम पटक सन् १९३५ मा वर्षभरी पाँच पटक सूर्यग्रहण लागेको थियो । अब अघिल्लोपटक सन् २२०६ मा पाँच पटक सूर्य ग्रहण लाग्नेछ । केही सूर्यग्रहण पृथ्वीको कुनै कुनै क्षेत्रबाट मात्रै देख्न सकिने पनि हुन्छन् ।