NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

झलनाथ खनालले भने, ‘ओलीको प्रस्ताव राजाको फरमानजस्तै हो’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व मन्त्री झलनाथ खनालले अध्यग केपी शर्मा ओलीले जारी गरेको ६ बुँदे राजाको फरमान जस्तै भएको बताएका छन् । बिहीबार अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताए । ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनले बताए । ‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका छन्’, नेता खनालले भने । उनले ओलीलाई विदेशीको गोटी भएको आरोप पनि लगाएका छन् । उनले हालको सरकार विदेशीको गोटीका रुपमा सरकार बनेको टिप्पणी गरेका छन् ।