NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रदेश २ नीति तथा कार्यक्रमः कोरोना महामारी नियन्त्रण र वातावरण संरक्षणमा जोड(पूर्णपाठसहित)

जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । यस बजेटमा सरकारले स्वास्थ्य र वातावरण संरक्षणमा प्राथमिकता दिएको छ । नयाँ कार्यक्रम अनुसार विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ ले बिहीबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा केही पूराना र केही नयाँ कार्यक्रम समेटिएको छ । बोर्डर हेल्थ डेस्क भारतसँग सीमा जोडिएको प्रदेशको आठै जिल्लाका सीमानाकामा ‘बोर्डर हेल्थ डेस्क’ सुदृढिकरण गरी नियमित रुपमा स्वास्थ्य जाँच सेवा र निगरानी वढाईने भएको छ । कोरोना नियन्त्रण र उपचारमा सार्वजनिक नीजि साझेदारीको नीति अलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस प्रदेशलाई ‘पूर्ण सुरक्षित मातृत्व प्रदेश र पूर्ण खोपयुक्त प्रदेश’ घोषणा गर्ने लक्ष्य लिएको छ । जनकपुरधाममा रहेको प्रादेशिक अस्पताललाई पाँच सय शय्यासहितको अत्याधुनिक विशिष्टीकृत अस्पतालमा स्तोरोन्नति गरी स्वास्थय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । त्यससँगै पूर्वपश्चिम राजमार्गको बाराको पथलैया तथा सप्तरीको रुपनीमा ट्रमा अस्पताल बनाई संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रदेशभित्रका दलित र सीमान्तकृत तथा विपन्न परिवारहरुको निःशुल्क स्वास्थय वीमा कार्यक्रम संचालन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । शिक्षा क्षेत्र विद्यालयहरुलाई पूर्वाधारमैत्री, इन्टरनेट सहित पुस्ताकालय स्थापना, प्रत्येक जिल्लामा एक÷एक वटा नमूना पुस्तालयका निर्माण, प्रदेश प्रमुख नैतिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । नीति तथा कार्यक्रममा उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, दलित, मुस्लिम, छात्रा तथा मधेश आन्दोलनका शहीद परिवार, घाइते परिवारका लागि छात्रवृत्तिको व्यवस्था गरिने भनिएको छ । पर्साको विरगंज महानगरपालिकामा विज्ञान तथा प्रविधि विश्वविद्यालय, सप्तरीमा कृषि विश्वविद्यालय, धनुषा जिल्लालाई सम्भावित शैक्षिक हवको रुपमा विकास गर्न विस्तृत अध्ययन गर्ने नीति अख्तियार गरेको छ । रोजगार मुख्यमन्त्री युवा रोजगार तथा उद्यम कार्यक्रममार्फत कोभिड–१९ प्रभावित युवालाई रोजगारीको अवसर प्रदान गर्ने भएको छ । वीरगंज, जनकपुरधाम र राजविराजमा सिप विकास केन्द्र खोल्ने नीति लिएको छ । रोजगारविहीन दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै कोरोनाबाट रोजगारी गुमाएका श्रमिक वर्ग, विपन्न तथा शहीद परिवारका आश्रितका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । खेलकुद खेलकुद गतिविधि वढाउन मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने भएको छ । खेलकुदको विकास गर्न कवर्डहल र रंगशाला निर्माण र स्तोरोन्नती गर्ने भएको छ । कला/संस्कृति विभिन्न जातीय तथा सामुदायिक पहिचानलाई संरक्षण गर्न ‘प्रदेश भाषा, कला तथा संस्कृति प्रतिष्ठान’ स्थापनासँगै प्रदेश भित्रका मौलिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न प्रादेशिक संग्राहलय स्थापना गर्ने लक्ष्य लिएको छ । निर्वाचन क्षेत्रमा एक जलाशय र पोखरी प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक जलाशय र पोखरी निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन गरिने तथा ‘संरक्षण हाम्रो मन, प्रदेशको वन प्रदेशकै धन’ भन्ने मार्गदर्शनलाई साकार पार्न वन क्षेत्रको प्रदेश स्तरीय गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने नीति लिएको छ । ‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख’ भन्ने नारालाई सहित स्थानीय तह समेतको सहकार्यमा सडक किनारमा बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री हरित प्रदेश अभियान कार्यक्रम अन्तर्गत वार्षिक एक करोड विरुवा रोप्ने अभियानलाई संचालन गरिनेछ । वर, पिपल, समी, निम लगायतका धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय महत्वका वनस्पतिहरु रोपिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार जनकपुरधाममा मधेश सम्मेलन केन्द्र निर्माण गर्ने, वीरगञ्ज र जनकपुरधामको विकासका लागि दुवै ठाउँमा विकास प्राधिकरण गठन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । चालू आवमा खरिद गरिएको प्रदेश परिवहन बसलाई आगामी आर्थिक वर्षदेखि सञ्चालन गरिने लक्ष्य राखिएको छ ।