NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सौर्यमण्डल बाहिर भेटियो पृथ्वीजस्तै एक्सोप्लानेट, टाइटेनियमको ओजोन भएको अनुमान

काठमाडौं । वैज्ञानिकले पृथ्वी र एक एक्सोप्लानेट ग्रह डब्लुएएसपी–१८९ को बीचमा एक रहस्यपूर्ण समानता खोजेका छन् । खगोलविदले ४ हजार ४०० भन्दा पनि अधिक एक्सोप्लानेटको खोज गरेका छन् । तीमध्ये केही बृहस्पति जतिकै समान पनि भेटिएका छन् ।

एक रिपोर्टअनुसार पृथ्वीमा सबैभन्दा तल्लो क्षेत्र समुद्र सतहमा उच्चतम पर्वत श्रृंखलाहरु फैलिएका छन् । उदाहरणका लागि तल्लो तहमै अधिकांश जल वाष्प हुने र अधिकांश मौसमका घटना पनि तल्लो परतमै हुन्छ । यसभन्दा माथि सपताप मण्डल रहेको छ । जसमा ओजोनको तह हुन्छ । सूर्यबाट आउने पराबैजनी विकिरणबाट यही ओजोनले नै बचाउँछ ।

शोधमा पहिलोपटक ज्ञात ग्रहमध्ये एकमा यस्तै वातावरण समान रुपमा तर अलग अलग तहमा हुनसक्ने पत्ता लागेको छ । यद्यपि त्यो भने भिन्न-भिन्न विशेषताका साथ ।

बर्न विश्वविद्यालय र जेनेभा विश्वविद्यालयका साथै नेशनल सेन्टर अफ कम्पिटेन्स इन रिसर्चका शोधकर्ताद्वारा गरिएको अध्ययन नेटर एस्ट्रोनोमी पत्रिकामा प्रकाशित गरिएको छ ।

उक्त अध्ययन अनुसार डब्लुएसपी–१८९ बी ग्रह हाम्रो सौर्यमण्डलको एक ग्रह हो । जो पृथ्वीबाट ३२२ प्रकाश वर्षको दूरीमा रहेको छ । पृथ्वीको तुलनामा यो ग्रहले आफ्नो ताराको २० गुणा अधिक नजिक छ । यससको तापक्रम दिनको समयमा ३२०० डिग्री सेल्सीयससम्म पुग्ने बताइएको छ ।

अध्ययनका प्रमुख लेखक बियिाना प्रिनोथ भन्छन्, ‘हामीले ग्रहको तारबाट आउने र ग्रहको वायुमण्डलबाट गुज्रिने प्रकाशको मापन गरको थियौं । यसको वातावरणमा रहेको ग्यासले तारबाट आउने प्रकाशलाई अवशोषित गर्दछ । जसरी ओजोन पृथवीको वायुमण्डलमा सूर्यको केही प्रकाश अवशोषित गर्दछ ।’

शोधकर्ताले उक्त ग्रहको वायुमण्डलमा टाइटेनियमयुक्त ग्यास भएको बताएका छन् । यस ग्यासको नाम टाइटेनियम अक्साइट हो । जो पृथ्वीमा निकै दुर्लभ छ । उक्त ग्यासले यस ग्रहमा ओजोनको काम गरिरहेको पाइएको छ ।

वर्न विश्वविद्यालयमा खगोल भौतिक विषयका प्रोफेसर रहेका सहलेखक केविन हेङ भन्छन्, ‘टाइटेनियम अक्साइड लघु तरंग विकिरण जस्ता परावैजनी विकिरण अवशोषित गर्दछ । यसकारण यो पनि पत्ता लगाउनु आवश्यक छ कि यस ग्रहमा स्टार रेडियशनका साथ पृथ्वीको ओजोनजस्तै टाइटेनियम अक्साइडले काम गरेको छ कि छैन ।’