NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

लोक सेवाले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा स्थायी नियुक्ति गर्न विज्ञापन आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै ११२ सहसचिव र ३२१ उपसचिवमा विज्ञापन आह्वान गरेको हो ।

नेपाल आर्थिक योजना तथा तथ्यांक, नेपाल इन्जिनियरिङ, नेपाल कृषि, नेपाल परराष्ट्र, नेपाल प्रशासन, लेखापरीक्षण, नेपाल वन, नेपाल विविध, नेपाल शिक्षा, नेपाल स्वास्थ्य, राष्ट्रिय मानव अधिकार सेवा र संघीय संसद् सेवाका लागि दुवै पदमा विज्ञापन गरिएको छ ।

सहसचिवतर्फ सबैभन्दा धेरै नेपाल स्वास्थ्यमा ४३, नेपाल प्रशासन सेवामा २२, नेपाल इन्जिनियरिङ्गमा २१, नेपाल परराष्ट्रमा ७ जना जनशक्ति मागिएको छ ।

उपसचिवतर्फ नेपाल प्रशासन सेवामा १११, नेपाल स्वास्थ्यमा ५९, नेपाल इन्जिनियरिङमा ४९, नेपाल लेखापरीक्षणमा २२ जना मागिएको छ ।

आवेदन आगामी कात्तिक २९ गतेसम्म बुझाउन सकिने लोक सेवा आयोगले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष