NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

असंलग्न परराष्ट्र नीतिविपरीत नेपालले फेरि गर्यो युक्रेनको पक्षमा मतदान

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । नेपालले असंलग्न परराष्ट्रनीति अँगाल्दै आइरहेको छ । तर त्यसविपरीत रुस–युक्रेन युद्ध मामलामा नेपालले युक्रेनको पक्ष लिँदै आएको छ । यसअघि राष्ट्र संघमा भएको मतदानमा पनि नेपालले युक्रेनको समर्थन गरेको थियो ।

बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,–‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रूपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

उक्त प्रस्तावको रुसले तुरुन्त र बिनासर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष