NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कोसी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिट शुक्रबार हेर्न नमिल्ने सूचीमा परेको छ ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दिएका थिए ।

उक्त रिटमा सुनुवाइका लागि आज पेशी तोकिएको भएपनि आजका लागि हेर्न नमिल्ने सूचीमा परेका हो । उक्त रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तोकिएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।

यो मुद्दा आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएको हो । ‘न्यायाधीश तिवडाल आफुले हेर्न नमिल्ने भएकाले अर्को सुनुवाइको मितिसम्म तोक्ने बताएपछि पेशी सरेको हो ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।

उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष