NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गर्ने

काठमाडौं ।नेपाली कांग्रेसले सदनमा अवरोधसँगे अब सडक आन्दोलन सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणविरुद्धमा सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जेठ १३ गते काठमाडौंको भृकुटीमण्डपमा विरोधका कार्यक्रम गर्ने जानकारी दिए। काठमाडौं जिल्ला समितिले गर्ने उक्त आन्दोलनपछि सातै प्रदेश र जिल्ला जिल्लामा पनि विरोधका कार्यक्रम गर्ने कांग्रेसको तयारी छ ।
‘छानबिन समिति गठनका लागि दबाब दिन र सहकारीपीडितको रकम फिर्ताको सुनिश्चितता र संलग्नलाई कारबाहीका लागि सडक आन्दोलन थाल्छौँ,’ महतले भने, ‘काठमाडौं जिल्ला समितिले १३ गर्ते भृकुटीमण्डपमा विरोधको कार्यक्रम गर्नेछ। त्यसपछि सातै प्रदेश र जिल्ला जिल्लामा पनि विरोधका कार्यक्रम हुनेछन्।’
कांग्रेसले सहकारी ठगीमा संसदीय समिति गठन गर्न माग राखी संसद पनि अवरुद्ध गर्दै आएको छ ।