१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले १३ दिन भित्र संसद वैठक बोलाउन आदेश दिएको छ। मंगलबार संसद पुनस्र्थापनाको निर्णय सुनाउँदै सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन बदर भएको फैसला सुनाएको हो। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन ।
प्रतिक्रिया