NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

संविधानविरुद्ध षडयन्त्र गर्ने ओलीको दुस्साहसलाई सर्वोच्चले खारेज गर्यो : गगन थापा

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेपछि काँग्रेस नेता गगन थापाले सबैलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका छन् । यसका साथै उनले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको उनको भनाइ छ।

ताजा अपडेट

नेपालवाच विशेष