भष्मासुरलाई बिष्णुले मोहिनी रूपधारण गरि वध गरेझैं सर्वोच्चले ओलीको वध गर्यो

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद पुर्नस्थापनाको खबरले अत्यन्तै उत्साहित भएको बताएका छन् । भारतमा उपचार गराइरहेका भट्टराईले ट्वीट गर्दै यस्तो बताएका हुन् । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बाबुरामको टिप्पणी छ । उनले यो खबर सुन्दा रोगै हराए झैं भएको लेखेको छन् ।
प्रतिक्रिया