प्रधानमन्त्रीले ७० औँ जन्मदिन मनाइरहँदा सर्वोच्चबाट उनको निर्णय खारेज

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदको पुर्नस्थापना गर्ने फैसला गर्दा प्रधानमन्त्री ओली आफ्नो ७० औँ जन्मदिन मनाइरहेका थिए । प्रधानमन्त्री ओली दिनभर राजनीतिक भेटघाटपछि बालुवाटारमा जन्मदिन मनाइरहेका थिए । त्यही बेला रामशाह पथबाट प्रधानमन्त्रीको निर्णय खारेजको फैसला भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले बहुप्रतिक्षित मुद्दामा संसद पुर्नस्थापना गर्ने फैसला सुनायो । फैसलापछि पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’को विमोचन गरेका छन् । पुस्तक विमोचन तथा प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना आदान९प्रदान गर्ने कार्यक्रम पहिल्यै तय भएको र अदालतको निर्णयका बाबजुद त्यसमा कुनै परिवर्तन नगरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया