NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

उपत्यकामा विशेष सुरक्षा योजना लागू, देशभर सुरक्षा सतर्कर्ता

काठमाडौँ । संसद पुर्नस्थापनाको आदेशसँगै राजधानी सहित देशभर उच्च सुरक्षा सतर्कर्ता बढाइएको छ । नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका कार्यकर्तावीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो । नेपालवाचसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले सुरक्षा सतर्कर्ता बढाएको बताए । उनले राजधानीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू भएको जानकारी दिए ।उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको छ । उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ । भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई–अलर्टमा सुरक्षाकर्मी राखेको गृहले जनाएको छ । सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको थियो । थप पढ्नुहाेस् प्रतिनिधिसभा पुन:स्थापनापछि खुशी साट्ने प्रचण्ड र नेपालको बेग्लै तरिका गोकुल बाँस्कोटाले भने–के को दीपावली के को रुवाबासी ? गोलचक्कर त उसैगरी चलिरहन्छ राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए एक साथ महाअभियोग र अविस्वास संवैधानिक इजलासले गर्यो प्रलोभन, दवाव, धम्कीको वेवास्ता भष्मासुरलाई बिष्णुले मोहिनी रूपधारण गरि वध गरेझैं सर्वोच्चले ओलीको वध गर्यो

ताजा अपडेट

नेपालवाच विशेष