सर्वोच्चको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनाबाट जोगियो : उपेन्द्र यादव

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उक्त फैसला लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताएका छन्। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन। मंगलबार सर्वोच्च अदालतले विघटनलाई बदर गरेपछि यादवले प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताएका हुन्। अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको बताउँदै उनले भने, ‘सर्वाेच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ।’
प्रतिक्रिया