NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रतिनिधिसभा पुन:स्थापनापछि खुशी साट्ने प्रचण्ड र नेपालको बेग्लै तरिका

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले लड्डु खुवाएर खुशी साटेका छन् । चितवनको कार्यक्रममा पुगेका उनीहरुले प्रतिनिधिसभा विघटनको खबर सुनेलगत्तै एक आपसमा लड्डु खुवाएर खुशी साटेका हुन् । बुधबार हुने सभाका लागि उनीहरु चितवन पुगेका हुन् । विरोधसभालाई उनीहरुले विजयसभाका रुपमा गर्ने तयारी गरेका छन् । प्रचण्डले अब पनि प्रधानमन्त्री केपी ओलीलाई अलिकति लाज छ भने तत्काल राजीनामा दिन आग्रह गरेका छन् । उनले ओली पक्षतिर रहेका सांसदहरुलाई ओलीतिरबाट फर्किन पनि आग्रह गरेका छन् । प्रचण्ड समूहका नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा देशभर खुशी मनाइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष