भारतीय मिडियाले लेखे : सर्वोच्च अदालतबाट नेपालका प्रधानमन्त्री ओलीलाई झट्का

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै भारतीय मिडियाले प्रधानमन्त्री केपी ओलीलाई झट्का भन्दै समाचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जान गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दा प्रधानमन्त्रीलाई झट्का लागेको उल्लेख गरेका हुन् । नवभारत टाइम्सले प्रतिनिधिसभा पुनस्थापनापछि १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको पनि उल्लेख गरेको छ ।
प्रतिक्रिया